‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४ र ८५’ मा फागुन १४ गतेसम्म आवेदन दिन सकिने

-



     सफल आवाज    
     फागुन ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ फागुन । ग्लोबल आइएमई बैंकले निष्काशन गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थप भएकाे छ। बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गरेकाे थियाे ।

बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा निकाशन गरेको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५’ मा फागुन १४ गतेसम्म आवेदन दिन सकिने भएको हाे । यसकाे अवधि ५ वर्षकाे रहेकाे छ ।

बैंकले १ हजार अंकित दरकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियाे । सोमध्ये ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरले बिक्री गिरने भएकाे छ । बाँकी रहने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिने जनाइएकाे छ।

सर्वसाधारणका लागि २० लाख कित्तामध्ये सामूहिक लगानी कोषमा बाँडफाँड गरेर बाँकी हुने ३० हजार कित्ता र १९ लाखसहित १९ लाख ३० हजार कित्ता रहेकाे छ । यसमा लगानीकर्ताले घटीमा २५ तथा बढीमा १० लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।

लगानी गर्न इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरु र शाखाहरुबाट र मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि भुक्तानी गरिने भएकाे छ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।