
काठमाडौं, ४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज बालुवाटारमा २ घन्टाभन्दा बढी एक्लाएक्लै वार्ता भएको छ । उक्त वार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको हो ।
बेलाबेलामा भेटवार्ता गरिरहने प्रम दाहाल र एमाले अध्यक्ष ओलीबीच आज भएको एक्लाएक्लै वार्तालाई विशेष रुपमा हेरिएको छ । भावी राष्ट्रपतिबारे विभिन्न कोणबाट चर्चा भइरहेको र कांग्रेसलाई माओवादी केन्द्रले सघाउने लगायतका चर्ता परिचर्चा चलिरहेको बेला सत्तारूढ दलका दुई शीर्ष नेताबीच २ घण्टा लामो छलफल हुनुले राजनीति वृत्तमा पक्कै पनि विशेष अर्थ राखेको छ ।

एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ । यसैबीच केही दिनअघि माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने चर्चा पनि चलेको थियो भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति पनि एमालेलाई दिँदा गलत हुने विचार व्यक्त गरेका थिए ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएको थियो । विश्वासको मत नदिई प्रतिपक्षमा बस्ने आकलन गरिएको कांग्रेसले विश्वासको मत दिएपछि संसद लगभग प्रतिपक्षीविहिन भएको थियो । राष्ट्रपति र सभामुखको चुनावलाई मध्यनजर गर्दै कांग्रेसले विश्वासको मत दिएको भन्दै निकै आलोचना पनि भएको थियो ।
कांग्रेसबाट विश्वासको मता पनएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छ । माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको बुझिएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



