
काठमाडौं, ६ फागुन । नेपालका लागि एमजि गाडीको आधिकारिक विक्रेता पारामाउन्ट मोर्टसले नेपालमा १ सय किलोवाट क्षमताको विद्युतीय गाडी ल्याउने भएकाे छ ।
बीवाईडीले १ सय किलोवाटको एटो ३ ल्याउने बताएपछि एमजिले पनि सय किलोवाट क्षमताको उक्त गाडी नेपालमा ल्याउन लागेकाे हाे ।
एमजीकाे १ सय किलोवाट क्षमताकाे गाडी आएपछि इभिमा बिवाईडी एटो थ्रि र हुन्डाइ यी तिनवटै बीच टक्कर पर्ने भएकाे छ । आधिकारिक विक्रेता पारामाउन्ट मोर्टसले छिट्टै नयाँ गाडी सार्वजनिक गर्ने बताएकाे छ ।
बिवाईडीले सय किलोवाटको गाडीकाे मूल्य ६४ लाख पर्ने जनाएकाे छ । एमजीले ल्याउन लागेको जेड एस गाडीको मूल्य ६० लाख वरपरकाे हुने जनाइएकाे छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




