
काठमाडौं, ६ फागुन । कृषि विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा बैंकर गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।
सीईओ छनोट समितिले आज ३ जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । ति मध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । गुरूङले सोमबारबाट कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हाल्ने छन् ।
नेपाल कमर्स क्याम्पसबाट एमबीए उत्तीर्ण गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले हिमालयन बैंकमा १० वर्ष भन्दा बढि काम गरेका थिए ।

त्यसपछि ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरेका थिए । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी मेगा बैंकमा नायव महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।
गुरूङ सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । पछि उनी सोही बैंकको सीईओ नै बनेका थिए । सिभिल बैंक छाेडेर उनले विदेशी बैंकमा समेत काम गरेका थिए ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



