२९ वर्षमा सेलवेज: ६ सय जनालाई राेजगारी, २९ शाखा विस्तार

-



     सफल आवाज    
     फागुन ७ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ७ फागुन। गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवालाई सधैं प्राथमिकतामा राखेर व्यवसाय गरिरहेकाे सेलवेजकाे औपचारिक स्थापना सन् १९९३ सालमा पाेखराकाे चिप्लेढुङ्गामा भएकाे हाे । पहिलाे स्टाेरबाट ग्राहकमाझ छिट्टै लाेकप्रियता कमाएपछि सेलवेजले पाेखराकाे लेकसाइडमा शाखा विस्तार गरेकाे थियाे ।

पाेखराका विभिन्न ठाउँहरूमा शाखा बिस्तार गरि अत्याधुनिक सेवा प्रवाह गरी ग्राहकहरूलाई आधुनिक सपिङकाे मज्जा दिइरहेकाे सेलवेज अहिले सम्पूर्ण पाेखरेली तथा पाेखरा भित्रिने पर्यटककाे समेत गन्तव्य बनिरहेकाे छ ।

सेलवेजले सन २००४ मा ललितपुरकाे जावलाखेलमा शाखा विस्तार गरी काठमाडौं उपत्यकामा समेत प्रवेश गरेकाे थियाे । यसै क्रममा सेलवेज ग्रुपले सन् २०१४ देखि सेल्सवेरी व्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेकाे बताइएकाे छ । हालसम्म सेल्सवेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये ५ वटा सुपर स्टाेर , १० वटा प्रिमियम स्टाेरका साथै १४ वटा एक्सप्रेस स्टाेर रहेका छन् ।

गुणस्तरीय सामान, सुपथ मुल्य र उत्कृष्ट ग्राहक सेवा सधैं सेलसवेरीकाे प्राथमिकतामा रहेकाे हुन्छ । अहिले ६०० जनालाई प्रत्यक्ष राेजगारी दिइरहेकाे याे स्टाेरले आगामी सन् २०२३ मा पाेखरामा थप २ वटा, काठमाडौंमा ४ वटा शाखा विस्तारकाे तयारी गरिरहेकाे छ ।

यसै शिलशिलामा काठमाडौंकाे महाराजगन्जमा बनेकाे अत्याधुनिक सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरकाे डिपार्टमेन्ट स्टाेर आगामी बैशाखबाट सञ्चालनमा ल्याउने तयारी गरिरहेकाे सेलवेज ग्रुपले बताएकाे छ । सन् २०२५ सम्म शाखा संख्या ५० पुर्‍याउने र कम्तिमा १५ सय जनालाइ प्रत्यक्ष राेजगारी दिने कंपनीकाे लक्ष्य रहेकाे बताइएकाे छ ।

सेल्सबेरीले अहिले विभिन्न ५०० भन्दा बढी कम्पनी तथा सप्लायर्सबाट १ लाख भन्दा बढी भेराइटीका सामाग्री ग्राहकवर्ग समक्ष उपलब्ध गराइरहेकाे बताएकाे छ ।

व्यापार मात्र नभई व्यावसायिक सामाजिक उत्तरदायित्व वहन गर्दै आएकाे यस सेल्सवेरीले लाेककल्याणकारी कार्यहरू समेत गर्दै आएकाे छ । देशले समय समयमा भाेग्दै आएकाे विषम परिस्थितिमा हातेमालाे गर्दै राज्य निर्माणमा समेत सहयाेग पुर्याउदै आएकाे कंपनीकाे दाबी छ ।

अहिले सेल्सवेरी ८ औं वर्ष पूरा गरि नवाैं वर्षमा प्रवेश गर्दैछ । याे अवसरमा कंपनीले विभिन्न आकर्षक छुटका याेजनाहरू समेत सार्वजनिक गरेकाे छ । सेल्सबेरीका अनुसार फाल्गुन ३ गतेदेखि सुरू भएकाे याे बार्षिकाेत्सवकाे बिशेष अफर फाल्गुन २० गतेसम्म कायम रहनेछ ।

याे व्यवसायीक सफलताका साझेदार आदरणीय ग्राहक महानुभावहरू, सम्पूर्ण कर्मचारीहरू, विभिन्न सप्लायर्स तथा कम्पनीहरू, मिडियाकर्मी साथीहरू, शुभचिन्तक, नागरिक समाज, बैंक तथा वित्तीय संस्थाहरू लगायत सबैमा सेल्सबेरीले कृतज्ञता ब्यक्त गरेकाे छ ।