यामाहाले सार्वजनिक गर्यो एफजेडएस-भी४.०, नेपालमा कहिले आउला?

-



     सफल आवाज    
     फागुन ८ गते २०७९ मा प्रकाशित



काठमाडौं, ८ फागुन । यामाहाले एफजेड एस सिरिजको नयाँ संस्करण भी४.० सार्वजनिक गरेको छ । एफजेड सिरिज यामाहाको सर्वाधिक सफल सिरिज हो । यसै सिरिजको ‘एफजेडएस-एफआई भर्सन फोर प्वइन्ट जिरो’ हालै भारतमा सार्वजनिक गरिएको हो । कम्पनीले यसमा बीएस ६ सेकेन्ड फेजमा आधारित इन्जिन उपलब्ध गराएको छ ।

नयाँ भर्सनमा इन्जिनबाहेक थुप्रै फिचरहरु अपग्रेड गरिएको कम्पनीले जनाएको छ । यो संस्करणमा नयाँ डिजाइनको एलइडी हेडल्याम्प, भर्टिकल एलइडी डिआरएल, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर थप भएर आएको छ ।

यसमा सिटको रंग थप गररिएको छ भने ब्लुटुथ कनेक्टीभीटी सपोर्ट गर्ने डिजिटल क्लष्टर यसको अर्को बलियो पक्ष रहेको बताइएको छ । यसमा फोनको ब्याट्री अवस्था, टर्न बाई टर्न इन्डिकेटर, कल अलर्ट, एसएमएस अलर्ट जस्ता सुविधा उपलब्ध छ ।

मूल्यका हिसाबले भारतीय बजारमा यो मोटरसाइल यसअघिको भी थ्रीको तुलनामा ३ हजार भारु बढी तोकिएको छ । यामाहाको एफजेडएस नेपालमा पनि निकै सफल मोडल मानिन्छ । अहिले पनि एमएडब्लू इन्टरप्राइजेजले एफजेडएस भी टु र भी थ्री नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

निकट भविष्यमा नै भी फोर पनि नेपाली बजारमा आउने र आउँदा मूल्य पनि केही बढेर आउने आकलन गरिएको छ । तर एमएडब्लू इन्टरप्राइजेजले यसबारेमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।