
काठमाडौं, ११ फागुन । अबदेखि लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने भएका छन् । केन्द्रीय बैंकले हिजो बुधबार लघुवित्त कम्पनीहरुलाई निर्देशन जारी गर्दै वार्षिक १५ प्रतिशतसम्म मात्रै बोनस वा नगद लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था गरेको हो ।
निर्देशन अनुसार यदि १५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेमा वा गर्नुपरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुन आउने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने प्रावधान राखिएको छ ।
यसअघि लघुवित्तका लागि २० प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न पाउने व्यवस्था कायम थियो भने २० प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषणमा जम्मा गर्नुपर्ने हुन्थ्यो । अब भने यी दुवै प्रावधानमा ५ विद्यमानभन्दा ५ प्रतिशत कम गरेर सीमा तोकिएको हो ।
१५ प्रतिशत ननाघेमा कुनै अन्य समीकरणको आवश्यकता नपर्ने तर १५ प्रतिशत नाघेमा भने ५० प्रतिशत जगेडा कोषमा राख्नुका साथै १० प्रतिशतले हुन आउने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा समेत जम्मा गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । जसले गर्दा संस्थाको व्ययभार बढ्न जान्छ । यसबाहेक लघुवित्तले आफ्नो खुद मुनाफाको १ प्रतिशत रकम सो कोषमा जम्मा गर्नुपर्ने प्रावधानसमेत रहँदै आएको छ ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



