
कास्की, ११ फागुन । विभिन्न बैंकका एटीएम मेशिन फोर्ने प्रयास गरिरहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यी दुवै जनालाई कास्की प्रहरीले पक्राऊ गरेको हो ।
पक्राऊ पर्नेमा जिल्ला उदयपुरको गाईघाट नपा-७ स्थायी घर भई हाल पोखरा मनपा-१७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र लम्जुङको मर्स्याङ्दी गापा-४ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा मनपा-१७ छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लु बहादुर गुरुङ रहेका कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार फागुन ९ गते मंगलबार राति १२ बजे पोखराको रामबजारमा रहेको एनआईसी एसिया बैंकको एटीएम मेसिन, सोही दिन बिहान १ बजे बनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटीएम मेसिन र सोही दिन बिहान ४ बजे रामबजारको पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटीएम मेसिन फोर्ने प्रयास भएको थियो ।
एटीएम तोडफोड गर्ने, ढुङ्गाले हान्ने तथा सीसीटीभी क्यामरालाई कागजले छोप्ने काम गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न राई र गुरुङलाई पक्राऊ गरी चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खड्काले जानकारी दिए ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



