
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता तथा छलफल भएको छ । भेटका क्रममा प्रम दाहाल र नेता नेपाल बाहेक उपप्रधानमन्त्रीसमेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसालको पनि उपस्थित रहेको थियो।
भेटमा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढिरहेको छ भने विभिन्न शीर्ष नेताहरु आफ्ना अडान नै छाडेर एक अर्कालाई मनाउन पनि लागिपरिरहेका देखिन्छन् ।
यसै क्रममा हिजफ बुधबार बेलुका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरूले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए । अहिलेको सत्ता गठबन्धन एमाले र माओवादीलगायतका दलबीच रहे पनि यसअघि माओवादी, नेकपा एस तथा कांग्रेसले चुनावका बेलाको पाँचदलीय गठबन्धन गरेका थिए ।
सत्ता गठबन्धन यथावत् राखेर एमालेलाई राष्ट्रपति दिनुपर्ने एमाले अध्यक्ष ओलीको अडान रहेको छ भने प्रधानमन्त्री दाहाल भने राष्ट्रपतिमा सबैको सहमति आवश्यक हुने र राष्ट्रिय सहमतिका आधारमा अघि बढ्ने बताइरहेका छन् ।
केही समयअघि प्रम दाहालले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने विचार पनि व्यक्त गरेका थिए भने एमाले अध्यक्ष ओलीले भने यसअघि पार्टी फुटाएर नयाँ पार्टी खोलेका माधव कुमार नेपाललाई नै राष्ट्रपतिमा प्रस्ताव गर्नका लागि भेटवार्ता गरेका थिए ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



