
काठमाडौं, ११ फागुन । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आईपीओ जारी गर्ने भएको छ । संस्थान बीमा ऐन २०७९ अनुसार संस्थान पब्लिक कम्पनीमा परिणत हुने भएकाले पब्लिक कम्पनी बन्नका लगि आवश्यक पुँजी जुटाउन आईपीओ जारी गर्ने बुझिएको छ ।
बीमा प्राधिकरणको निर्देशन अनुसार न्युनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गरेपश्चात संस्थान पब्लिक कम्पनीमा परिणत गर्ने तयारी थालेको संस्थानका प्रमुख कार्यकारी अधिकृत कविप्रसाद पाठकले बताए । संस्थानको ५६ औं वार्षिक साधारण सभालाई संशोधन गर्दै सीईओ पाठकले हालै यस्तो जानकारी गराएका हुन् ।
सीईओ पाठकका अनुसार नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार जीवन बीमा व्यवसाय गर्ने संस्थाको चुक्ता पुँजी ५ अर्ब पुर्याउनु पर्छ । हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ मात्रै रहेकोले पुँजी बढाउन संस्थानले योजना बनाएर संस्थापकहरुलाई पुँजी थप्न पत्रचार गरिसकेको छ ।
उनका अनुसार संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व कायम हुनेगरी पूँजी वद्धिको योजना आगाडि ल्याइएको हो ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



