
काठमाडौं, १७ फागुन । सन् २०२३ को फेब्रुअरी महिनामा नेपालमा ७३ हजार २ सय ५५ जना पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले अद्यावधिक गरेको तथ्याङ्क अनुसार अंग्रेजी क्यालेन्डरको दोस्रो महिनामा आएका ७३ हजारमाथि पर्यटकमा अधिकांश भारतीय रहेका छन् ।
यसपछि दोस्रो धेरै अमेरिकाबाट आएका पाइएको छ । फेब्रुअरी महिनामा अमेरिकाबाट ७ हजार ८ सय ८७ पर्यटक नेपाल भ्रमणमा आएको तथ्याङ्क छ । यसैगरी थाइल्यान्डबाट ४ हजार ८ सय २ जना र बेलायतबाट ४ हजार ३ सय ४५ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यो सूचीमा दक्षिण कोरियाबाट ३ हजार २ सय ४६ जना अष्ट्रेलियाबाट २ हजार ९ सय ६९ जना, म्यानमारबाट २ हजार २ सय ३२, श्रीलंकाबाट २ हजार १ सय ७५ र जर्मनीबाट २ हजार १ सय ८ जना पर्यटक नेपाल घुम्न आएका पाइएको छ ।
यो अवधिमा चीनबाट २ हजार २ सय ६६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जनवरीमा नेपाल भ्रमणमा आएका ५५ हजार ७४ जना समेत गरेर सन् २०२३ को दुई महिनामा १ लाख २८ हजार ३ सय २९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



