एनएमबी बैंकलाई ४ अर्बको ऋणपत्र निष्कासन अनुमति

-



     सफल आवाज    
     फागुन १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ फागुन । एनएमबि बैंकले ४ अर्ब बराबरको ऋणपत्रको निष्कासन तथा बिक्रीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार बैंकलाई ऋणपत्र निष्कासनका लागि अन्तिम स्वीकृति दिएको हो । स्वीकृति अनुसार अब बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासनका गर्न पाउने भएको छ ।

बोर्डले अनुमति दिएको उक्त परिमाणको ऋणपत्रमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र बैंकले सर्वसाधारणहरुमा बिक्री गर्ने बताएको छ । यसैगरी २ अर्ब ४० करोड बराबरको ऋणपत्र भने व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गर्ने तय भएको छ ।

एनआइबिएल एस क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेको बैंकको ऋणपत्र प्रति कित्ता १००० रुपैयाँका दरले बिक्री गरिने बैंकले जनाएको छ ।