सुन र चाँदी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

-



     सफल आवाज    
     फागुन २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाले बढेको छ । आज छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा ३ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको भाउमा १० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी तोलाको १ हजार २ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।