
काठमाडौं । बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई आवश्यक कागजात बुझाउने म्याद ७ दिन थपेको छ । प्राधिकरणले यसअघि ३ पटकसम्म कागजात बुझाउने म्याद थप गरिसकेकोले यो म्याद अन्तिम हुने जनाएको छ ।
अभिकर्ताहरुले अबको ७ दिनभित्र आफ्नो कागजात सम्बन्धित कम्पनीमा पेश गर्नुपर्ने भएको छ । आवश्यक कागजात तोकिएको समयमा पेश नगरे अब म्याद थप नहुने र प्राधिकरणले लाइसेन्स खारेज गर्ने समेत बीमा अभिकर्ताहरुलाई निर्देशन दिएको छ ।
बीमा प्राधिकरणका अनुसार अहिलेसम्म डेढ लाख अभिकर्ताहरुले आफनो कागजात पेश गरिसकेका छन् । अझै बढी कागजात पेश होस् भन्ने उद्देश्यले म्याद थप गरेर बीमा कम्पनीका अभिकर्ताहरुलाई आगामी फागुन २७ सम्मको समय दिइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अभिकर्ताहरुको एसएलसी वा सोभन्दा माथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर ९प्यान० कार्ड आफू कार्यरत बीमा कम्पनीमा पेश गर्नुपर्ने जनाएको छ । यदि उक्त अवधिमा पनि सो कागजपत्रहरु पेश नभएमा बीमा अभिकर्ता इजाजत पत्र नवीकरण नहुने प्राधिकरणको भनाइ छ ।
बीमा ऐन, २०७९ को दफा ९१-७ बमोजिम ‘बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ’ भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था कार्यन्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्ताहरुलाई आफू कार्यरत बीमकका कार्यालयहरुमा तपसील बमोजिमका कागजातहरु पेश गर्न सूचना जारी गरिरहेको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



