
काठमाडौं, २२ फागुन । विश्वकप क्रिकेट लिग टू अन्तर्गकतको खेलमा नेपालले यूएईसामु २३० रनको विजय लक्ष्य प्रस्तुत गरेको छ । यूएई भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो ।
टोलीको रन थोरै हुँदा नै ५ विकेट गए पनि भीम सार्कीको ७० रनको महत्वपूर्ण पारीसँगै नेपालले यूएईसमक्ष सम्मानजनक योगफल तयार पारेको हो । सार्कीलाई सन्दीप लामिछाने र आरिफ शेखले एक छेउबाट महत्वपूर्ण साथ दिइरहे । १८ ओभरको खेल सकिँदा ६८ रनमा ४ विकेट गएपछि आएका लामिछानेले ४० बल खेल्दै २७ रनको महत्वपूर्ण योगदान सहित विकेट जोगाइराख्न मद्दत गरे । ३२ औं ओभरको दोस्रो बलमा उनी आउट भए ।
नेपालका लागि आरिफ शेखले अविजित ४३ र कुशल मल्लले ३२ रन जोडे । यस्तै करण केसीले १७, ज्ञानेन्द्र मल्लले ११, आसिफ शेखले ६, दिपेन्द्रसिंह ऐरीले ४ र रोहित पौडेलले १ रन बनाए । अघिल्लो क्रमका ब्याट्सम्यानहरु सस्तैमा आउट हुँदा १२ औं ओभरमा आएका भिम सार्की र मध्यक्रम र त्यसपछि आएका ब्याट्सम्यानहरुको भरमा नेपालले उक्त लक्ष्य प्रस्तुत गर्न सकेको हो ।
यूएईका लागि जुनैद सिद्दिकीले ३, रोहन मुस्तफा र आर्यन लाक्राले समान २-२ तथा कार्तिक मेइयापनले १ विकेट लिए ।
१४ रन हुँदा नेपालको पहिलो, ३४ मा दोस्रो, ४९ मा तेस्रो, ५९ मा चौथो, ६८ मा पाचौँ विकेट गएको थियो । छैटौं विकेटका लागि भीम सार्की र सन्दिप लमिछानेबीचको ५२ तथा सातौँ विकेटका लागि ५५ रनको साझेदारी नेपालको अंक तालिकाका लागि स्मरणीय रह्यो । अहिले इनिङ्स ब्रेक भइरहेको छ र २३० रनको विजय लक्ष्य भेट्न यूएईले जवाफी ब्याटिङ थालेको छ ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




