
पोखरा,२३ फागुन । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको आगामी लायन वर्ष २०२३ /२०२४ को नेतृत्व गर्ने लायन लिडरहरुले उमेद्वारीकाे नाेमिनेशन सहित गण्डकी र धौलागिरी क्षेत्रमा फेलोशिप कार्यक्रम सम्पन्न गरेका छन । लायन वर्ष २०२३ /२०२४ का लागी डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन दुर्गाप्रसाद हुमागाईले गण्डकी र धौलागिरी क्षेत्रका क्लवहरुका बीच आ–आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै फेलाेशिप गरेका हुन्। कार्यक्रममा सबै उम्मेदवारले शतप्रतिशत एस भोटको अपिल गरेका थिए ।
उक्त उमेद्वार परिचय तथा फेलोशिप कार्यक्रममा डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन सुचित्रा थापाले शतप्रतिशत एस भोटको अपिल गर्दै आफुले नेतृत्व लिएपछि आगामी लायन वर्षमा गर्ने कार्ययोजना समेत प्रस्तुत गरेकी थिइन ।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन दुर्गाप्रसाद हुमागाईले मन्तब्य ब्यक्त गर्दै गभर्नरले ल्याएका कार्यक्रमलाई सफल बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै शतप्रतिशत एस भोटको समेत अपिल गरेका थिए ।

आगामी चैत्र ४ गते पोखरामा हुने डिष्ट्रिक्ट ३२५ के नेपालको प्रथम महाधिवेसनबाट डिष्ट्रिक्ट गभर्नर तथा भाइस गभर्नरहरु चयन हुनेछन् । याे एैतिहासिक प्रथम महाधिवेसनमा सहभागी हुन कन्भेनर लायन टिकाराम सापकाेटाले सबै लायन्सलाई आग्रह समेत गरेका छन् ।



कार्यक्रममा लायन्सका अाइडी इन्डाेर्सी लायन बालकृष्ण बुर्लाकाेटी, याे बर्षका गभर्नर लायन राजेन्द्र कुमार बाटाजु, पिएमसिसि लायन दिपक श्रेष्ठ लगायतका बक्ताले डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार लायन दुर्गाप्रसाद हुमागाईलाइ बिजयीकाे सुभकामना दिदैं सक्दाे सहयाेग गर्ने समेत बताएका थिए ।



लायन वर्ष २०२३ /२०२४ का लागी डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार निरा बज्राचार्य र द्धितीय भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेदवार दुर्गाप्रसाद हुमागाईले भाेलि फागुन २४ गते काठमाडाैं एरियाका लायन्सहरूसंग दियालाे फुड ल्याण्डमा बेलुका ५ बजे उमेद्वार भेटघाट तथा फेलोशिप कार्यक्रमकाे अायाेजना गर्ने बताइएकाे छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



