
काठमाडौं, २४ फागुन । चालु आर्थिक वर्षको शुरुवाती ७ महिनामा नेपालमा ७ अर्बभन्दा बढीको मोटरसाइलक तथा स्कुटर भित्रिएको छ । यो आँकडा अघिल्लो आर्थिक वर्षको तुलनामा ६३ प्रतिशत हाराहारीले कम हो ।
हालै भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको वित्तीय विवरण अनुसार यो अवधिमा गत वर्षको सोही अवधिको तुलनामा मोटरसाइकल तथा स्कुटर आयातमा ६२.४९ प्रतिशतले कमी आएको पाइएको छ ।

सार्वजनिक भएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको मोटरसाइल आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँको बराबरको मोटरसाइकल आयात गरेको थियो ।

यो अवधिमा ४ अर्ब ३० करोड ७६ लाख रुपैयाँको २५ सीसीदेखि १२५ सीसीसम्मको ४८ हजार ७६८ वटा दुई पाङ्ग्रे सवारी साधन आयात भएका छन् । त्यसैगरी, १२५ सीसीदेखि २०० सीसीसम्मका १९ हजार ५४४ वटा, २०० सीसीदेखि २५० सीसीसम्मका १९ सय ८१ वटा, २५० सीसीदेखि ५०० सीसीसम्मका १३२ वटा र २५० सीसीदेखि ४०० सीसीसम्मका ८ सय वटा सवारी साधन आयात भएको विवरणमा उल्लेख छ ।

विवरण अनुसार यो ७ महिनमा ६८ करोड २८ लाख ४२ हजार रुपैयाँको ५ हजार २६५ वटा दुई पाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




