
काठमाडौं, २४ फागुन । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा फाल्गुण मंगलबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८-०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा बोनस सुेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरी जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।
वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिई काम अगाडि बढाइरहेको बताइन् ।
साथै उनले कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजसँग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवर्द्धन तथा उत्थानमा अग्रसर हुने नीतिलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताइन् ।
ग्राहकको सन्तुष्टि नै कम्पनीको सफलता भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिक बनाउन डिजिटल ट्रान्सफर्मेशन योजना लागू गरी कार्ययोजना अगाडि बढाइएको बताउँदै सूचना प्रविधि नै आधुनिक बीमाको आधारशीला तथा ग्राहक वर्गहरुको सन्तुष्टिको मुख्य आधार भएको उनले बताइन् ।
सोही तथ्यलाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक नीति तर्जुमा गरी सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढीकरण गर्दै बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा बिस्तार गर्ने निति लिएको उनले बताइन् ।
वार्षिक साधारण सभामा विभिन्न सेयरधनीहरुले आफ्नो मन्तव्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्दै कम्पनीको समग्र प्रगति सन्तोषजनक रहेको बताए । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा विशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरिएको कम्पनी सचिव अरबिन्द कुमार कर्णले जानकारी दिए ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



