
पोखरा, २४ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान सुरु गरिने भएको छ । पूर्वाधार पर्याप्त भएका कारण रात्रिकालीन उडान पनि गर्न दिने तयारी भएको विमानस्थाल स्रोतले जनाएको छ । मौसमी अनुकुलताअनुसार बेलुकी हुने उडानका लागि नागरिक उड्डयन प्राधिकरण सकारात्मक भएपछि यो सम्भव हुने भएको हो ।
विमानस्थलका प्रमुख विक्रमराज गौतमका अनुसार इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली सुरु भएको विमानस्थलबाट आन्तरिक उडान गर्दै आएका विभिन्न वायुसेवाको तालिका बनाउन सुरु गरिएको छ । आइएफआर प्रणाली सुरु भइसकेको र ढिला भएको बेला अहिले पनि रात्रीकालीन उडान भइरहेको उनले बताए ।
भोलि बिहीबार देखि भने विमानस्थलमा तालिकासहितको रात्रीकालीन उडान हुने र यसका लागि विभिन्न कम्पनीको आवेदन आइरहेको र विमानस्थाल गृहकार्यमा रहेको उनको भनाइ छ ।
रात्रीकालीन उडानका लागि हालसम्म बुद्ध एयरले ४ वटा जहाज पोखरामै रात्री बिसान गर्दै उडान गर्न तालिका पेस गरेको बताइएको छ । हाल विमानस्थलमा बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवाले नियमित उडान गर्दै आएका छन् । विमानस्थलका अनुसार यी वायुसेवाले दैनिक क्रमशः १४, ५, २, २ गरी कुल २३ वटा उडान गर्दै आएका विमानस्थल स्रोतको भनाइ छ ।
पोखराको यो नयाँ विमानस्थल साना जहाजका लागि मात्रै उडान-अवतरणका लागि उपयुक्त रहेको मानिन्छ । यस्ता विमानलाई बिहान ६ बजेदेखि राति १२ बजेसम्म सेवा दिन सक्ने विमानस्थलको क्षमता रहेको बुझिएको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार आइएफआर प्रविधि कार्यान्वयनमा आएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायत अन्तर्राष्ट्रिय वायुसेवा चासो देखाएका छन् ।






वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश… 



