
काठमाडौं, २४ फागुन । काठमाडौं उपत्यकामै मोबाइल सेवा गुणस्तरहीन रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकले केही समयअघि काठमाडौं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) मा यहाँ सञ्चालनमा रहेका ३ ओटै दूरसञ्चार सेवा प्रदायकको सेवा गुणस्तरहीन पाइएको हो ।
प्राधिकरणले गएको माघ २० देखि २४ गतेसम्म गरेको उक्त परीक्षणमा नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकमका मोबाइल सेवाहरुको गुणस्तर मापन गरिएको थियो ।
काठमाडौंको ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँ बस्ती बौद्ध, चाबहिल, गौशला, सिफल, मैतिदेवी, हाँडीगाउँ, कपन, धुम्बाराही, बरफेदी, भंगाल, हात्तीगौडा, बुढानिलकण्ठ तथा सो क्षेत्रका सडकमार्गहरुमा परीक्षण गरिएको प्राधिकरणले जनाएको छ ।
चलायमान सवारी साधनमा जडान गरिएको परीक्षण उपकरणद्वारा लगातार फोन कल तथा डाटा प्रयोग गरेर मोबाइल सेवाको मुख्य मुख्य सेवा मानकहरुको परीक्षण गरिएको थियो । सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र १२० सेकेन्ड लोकल कल गरेर उक्त परीक्षण गरिएको बताइएको छ ।

काठमाडौं उपत्यकाको कुनै एक निश्चित ठाउँमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तर रुपमा एकैपटक गरिएको हो । यो प्रक्रियामा फोरजी/थ्रीजी/टूजी मध्ये सबैभन्दा अनुकूल नेटवर्क स्वचालितरुपमा छनोट हुनेगरी उपकरणमा व्यवस्था गरिएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ।
प्राधिकरणले तोकेको भ्वाइस सेवाको गुणस्तरका कल सेटअप सक्सेस रेट, कल सेटअप टाइम, कल ब्लक रेट तथा कल ड्रप रेटका मानकमध्ये एउटामा एनसेलले मापदण्ड पूरा गर्न सकेको देखिन्छ भने बाँकी सबै शीर्षकमा एनसेल, नेपाल टेलिकम तथा स्मार्ट टेलिकमको सेवा मापदण्डमा तोकिएको भन्दा निकै कमजोर भएको परीक्षणले देखाएको छ ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



