
काठमाडौं, २९ फागुन । उद्योगी व्यवसायीहरुले आज विभिन्न माग राख्दै बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंक बाहिर विरोध प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका व्यवसायीहरुले आज राष्ट्र बैंकको केन्द्रीय कार्यालय बाहिर विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनको सूचना पाएसँगै बैंकको मुख्य गेट तथा बैंक परिसर भित्र सशष्त्र प्रहरी तैनाथ गरिएका थिए । बैंकको ब्याजदर बढी भएकोले व्यवसाय गरेर खान नसक्ने अवस्थामा पुगेको भन्दै गरीखान सक्ने वातावारण बनाइदिन र बैंक तथा वित्तीय समस्या समाधान गरिदिन माग राख्दै उद्योगी व्यवसायीहरुले विरोध गरिरहेका छन् ।

प्रदर्शनमा उपस्थित उद्योगी व्यवसायीले ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘बैंकिङ आतंक बन्द गर’, ‘प्रिमियद दर वृद्धि नियन्त्रण गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘ब्याजदर हामीलाई चर्को भो गरी खान गाह्रो भो’, ‘चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर’, ‘उच्च सेवा शुल्क बन्द गर’ लगायतका नारा लेखिएका तुल ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा उनीहरुको माग एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा २ प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गर्दै व्यवहारिक निर्देशिका बनाइनुपर्ने, ब्याजदर घटाउनुपर्ने लगायतका रहेका थिए ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



