सेगवेको नयाँ स्कुटर सार्वजनिक

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । सेगवेले आफ्नो नयाँ मोडलको स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सेगवे ई-३०० एसई प्रिमियम नामको नयाँ इलेक्ट्रिक स्कुटर अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको हो ।

१२५ सीसी बराबरको क्षमता भएको यो विद्युतीय स्कुटरले आकर्षक रेन्ज प्रदान गर्ने कम्पनीङ्को दावी छ । यो स्कुटर कम्पनीको यसअघि आएका ई-११० र ई-१२५ मोडलहरुभन्दा अब्बल स्तरको रहेको छ । यो नयाँ स्कुटरलाई मोपेडका रुपमा वर्गीकरण गरिएकाले मोपेडको लाइसेन्स मात्र हुनेले पनि यसलाई चलाउन सक्छन् ।

कम्पनीले यसमा हब माउन्टेड इलेक्ट्रिक मोटर दिएको छ जसले ६५ माइल अर्थात् १०४ किलोमिटर प्रति घन्टाको गति प्रदान गर्ने कम्पनीको दावी छ । यो स्कुटरलाई ५०.३१ सेकेन्डमा शून्यदेखि २ किलोमिटरसम्म गुडाउन सकिन्छ । यसमा ३ वटा ब्याट्री जडान गर्न पनि मिल्छ भने यसो गरेको खण्डमा यसले एक पटकको चार्जमा १३० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

सेगवे नेपालमा पनि अत्याधिक रूपमा रुचाइएको ब्रान्डमध्येमा पर्दछ जसलाई नेपालमा आइ हब प्रालिले आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । आई हबले नेपालमा पछिल्लो समय सेगवे नाइनबटका ४ मोडलका स्कुटर बिक्री वितरण गर्दै आएको छ ।

तीमध्ये ई-१००, एन-१००, ई-११० एल र ई-१२५ को मूल्य क्रमशः २ लाख ९१ हजार, २ लाख ६० हजार, ३ लाख ६५ हजार र ३ लाख ९१ हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।