मानुषी र श्रृजनशील लघुवित्त मर्जरमा जाने सम्झौता

-



     सफल आवाज    
     चैत्र ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ चैत । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त मर्जरमा जाने सम्झौता भएको छ । २ संस्थाबीच २ चैतमा मर्जरमा जाने सहमति भएको हो ।

बराबरी हैसियतमा मर्जर भएको संस्थाले जनाएको छ । मर्जर पश्चात ‘मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था’ नाम रहने सहमति भएको छ ।

मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

मानुषी लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा छ भने श्रृजनशीलको सिरहाको गोलबजारमा रहेको छ । २ वटै लघुवित्तले साधारण शेयर जारी गरि सकेका छन् भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भइसकेका छन् ।