
काठमाडौं, ७ चैत । रोयल एन्फिल्ड मोटरसाइकलको नयाँ शोरुम नक्सालमा खुलेको छ । त्रिवेणी ग्रुप अन्तर्गको अल्फा अटोमोबाइल्सले काठमाडौंको नक्साल नारायणचौरमा रोयल इनफिल्डको अन्तर्राष्ट्रिय स्तरको शोरुम हालै सञ्चालनमा ल्याएको हो ।
कम्पनीले हालै सञ्चालनमा ल्याएको रोयल एन्फिल्ड मोटरसाइकलको उक्त शोरुम ‘बाइकर्स होम’ अवधारणमा निर्माण भएको कम्पनीले जनाएको छ । कम्पनीको यो पहिलो प्रिमियम शोरुम त्रिवेणी ग्रुपका अध्यक्ष पुरुशोत्तम लाल संघाइले उदघाटन गरेका हुन् ।
यो शोरुम २ वटा तलामा रहेको छ । माथिल्लो तल्लामा मोटरसाइकल बिक्री कक्ष राखिएको छ भने तल्लो तलामा वर्कशप राखिएको छ । कम्पनीले शोरुममा रोयल एन्फिल्डका मर्चेन्डाइज तथा राइडिङ सेफ्टी गियरलगायतका थप एसेसरीहरु पनि उपलब्ध गराएको छ ।
रोयल एन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोबाइल्सले हाल नेपाली बजारमा क्लासिक ३५० र मेटिअर ३५० को बिक्री गर्दै आएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




