
काठमाडौं, १७ चैत । नेपाली कांग्रेसले ८ मन्त्रीहरुको नाम टुंगो लगाएको छ। जसअनुरुप पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री र डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।
त्यस्तै रमेश रिजाल परराष्ट्रमन्त्री, धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएका छन् भने एनपी साउँद शहरी विकासमन्त्री बन्नेछन।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री सीता गुरुङ बन्ने भएकी छन् भने डिगबहादुर लिम्बू कानून न्याय तथा संसदीय मामिलामन्त्री र मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका हुन्।
यससँगै सत्ता गठबन्धनमा दलहरूले पाउने मन्त्रालय संख्याबारे सहमति जुटिसकेको छ। सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमत पार्टीले १ मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले १ – १ मन्त्रालय पाउने सहमति बुधबार नै भएको थियो ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



