
काठमाडौं, २ असार । पछिल्लाे समयमा नेपालमा विद्युतीय गाडीकाे लाेकप्रीयता बढिरहेकाे छ । विभिन्न कम्पनीका ति गाडीहरु ल्याइएकाे छ भने कतिपय गाडीहरु ल्प्यायाउने तयारी गरिएका छन् । यसका लागि बजारमा प्रतिष्पर्धा नै चलेकाे देखिन्छ ।
नयाँ गाडी ल्याउने क्रममा अब छिट्टै ग्रेटवाल मोटर्सकाे ओरा ०३ गाडी ल्याउन लागिएकाे नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भीजी इम्पेक्सले जनाएकाे छ ।
ओरा ब्राण्डको इलेक्ट्रिक ह्याचव्याक कार ‘ओरा–०३’को बुकिङ पनि खुल्ला भइसकेकाे छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारिक वितरक भीजी इम्पेक्सले साे गाडीकाे मूल्य ४७ लाख ४९ हजार मूल्य तोकिएकाे जनाएकाे छ । यही मूल्यमा अहिले साे गाडीकाे बुकिङ भइरहेकाे जनाइएकाे छ ।
जीडब्लूएम ओरा ०३ एक ग्लोबल मोडलको रुपमा पहिचान बनाएकाे गाडी हाे । चीन, थाइल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजिल्याण्डमा यसकाे बिक्री वितरण भइरहेकाे छ ।
नेपालमा ओरा ०३ एक भेरियन्टमा उपलब्ध हुने
कम्पनीका अनुसार ओरा ०३ एक भेरियन्टकाे आउने छ । यसमा ४७.७८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक रहेकाे छ । एकपटक ब्याट्रीलाइ फुल चार्ज गर्दा ४०० किलोमिटर सम्मको माइलेज दिने दावि गरिएकाे छ । यसमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर राखिएकाे छ भने । यसले बढीमा १३३ हर्सपावर र २१० न्यूटन मिटर टर्क दिनेछ ।
के के छन् सुविधाहरु ?
गाडीकाे बाहिरी लुकिङ जति राम्राे छ । यसकाे भित्री डिजाइन पनि मन लाेभ्याउने खालकाे रहेकाे छ । अगाडिपट्टी गोलाकार एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ्ग लाइट जडान गरिएकाे गाडी हो । ओरा ०३ गाडीका सुविधाहरुमा डुअल–डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्टेसन र इन्फोटेनमेन्ट सिस्टम प्यानल लगायतका रहेका छन् ।
ओरा ०३ मा ७ एयरब्याग, एबीएस र ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल प्रणाली, ट्र्याक्सन कन्ट्रोल, पार्किङ ब्रेक, अप हिल कन्ट्रोल सिस्टम, गाडीकाे अटोमेटिक होल्ड लगाएतका विशेषताहरु रहेका छन् । फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायतका सुविधाहरु रहेका छन्।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




