
काठमाडौं, १७ असार । काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुहरुमा आयातकर्ता र बजार वितरकको विवरणको लेबल लगाउने कुरा कठिन रहेको जनाएको छ।
नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटेर यस्तो जानकारी गराएको हो।
वीरगन्ज भन्सार कार्यालयले गत साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्रीवितरणका लागि लैजानु पहिले तिनिहरुकाे प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएरमात्र पठाउनुपर्ने सूचना जारी गरेको थियो। नाडाले सोही सूचनाकाे विषय तथा अन्य अटोमोबाइल क्षेत्रका व्यवसायीहरुलाई पैठारीका लागि भन्सारमा परेको समस्याका सम्बन्धमा छलफल छलफल गरेकाे हो।
उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रष्ट नभएको बताए । उनले अटोमोवाइल स्पेयर पार्टसका कतिपय बस्तुहरुमा यस्तो व्यवस्था लागु गर्न कठीनाई हुने बताए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राखेका थिए ।
छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भएर आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहित गर्न, तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिए । उनले अटोमोवाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागु हुने बताए । उनले अटोमोवाइल स्पेयर पार्टसका केही बस्तुहरुमा यस्तो व्यवस्था गर्न कठीनाई हुने भए पनि विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको जानकारी दिए ।
छलफलमा महानिर्देशक पाडैलले सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुनैे अप्ठेरो र झण्झट पनि नहुने प्रष्टयाए ।
विभागका उपमहानिर्देशकद्धय सेवन्त पोखरेल र रमेश अर्याल समेतको उपस्थिति रहेको छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




