काठमाडौंमा हुने ‘नाडा अटो शो २०२३’ को बुकिङ्ग खुल्ला

-



     सफल आवाज    
     असार २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ असार । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको नाडा अटो शो २०२३ यही २०८० साल भाद्र २६ गते देखि ३१ गतेसम्म काठमाण्डौ प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने भएको छ ।

नाडाले उक्त प्रदर्शनीका लागि बुकिङ्क खुल्ला गरेको जानकारी दिएको छ । नाडाको आयोजनामा हरेक बर्षको दशै अगाडी आयोजना हुदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना भएन ।

नाडा अटो शो २०२२ लाई पनि सरकारले गत बर्ष केही सवारी साधनहरुको आयातमाथी लगाएको प्रतिवन्धका कारण आयोजना हुन सकेन । सहज अवश्था नभईरहेको बेलामा नाडाले इतिहासमै पहिलो पटक गतबर्ष भृकुटी मण्डपमा भव्यताकासाथ नाडा इभि एक्सपो २०२२ सम्पन गरेको थियो ।

आउँदो नाडा अटो शो २०२३ मा विद्युतिय लगायतका चार पाँगे्र, तीन पाँग्रे तथा दुई पाँगे्र सवारी तथा ढुवानीका साधनहरु, स्पेयर पाटर्स, टायरटयूव, व्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु समेत राखिने भएको छ ।

त्यसैगरी प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक शुरक्षा र वातावरणसंग सम्बन्धित संघ संस्थाहरु समेतको सहभागिता रहने नाडाले जनाएको छ । झण्डै चार बर्षपछी हुन लागेको बृहत प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । करिव २० अर्बभन्दा बढीको कारोबार हुने अनुमान राखिएको छ ।

कोभिडको दिर्घकालिन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिवन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरुले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसाय हालै आएको सुधार र सकारात्मक परिवेशले राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत बिगतकाेभन्दा थप बृहत हुने अपरेक्षा गरिएको छ ।

प्रदर्शनीमा नेपालभरीका अटोमोवाइल व्यवसायीहरुको अधिकतम सहभागिता रहने नाडाले जनाएको छ ।