सुजुकीकाे नयाँ फ्रोनक्स एसयुभि सार्वजनिक हुँदै

-



     सफल आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ साउन । सिजी मोटोकर्पले सोमबारबाट नेपालमा सुजुकीकाे नयाँ प्यासेन्जर गाडी सार्वजनिक हुने जानकारी गराएकाे छ ।

सिजी मोटोकर्पले पहिले नै बुकिङ खुल्ला गरिसकेकाे फ्रोनक्स एसयुभि गाडी सार्वजनिक गर्ने जनाएकाे हो । सिजी मोटोकर्प नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता रहेकाे छ ।

सिजी मोटोकर्पकाे अफरोड एसयूभि जिम्नी गाडीकाे पनि बुकिङ खुल्ला जारिरहेकाे छ । कम्पनीले याे गाडी असाेजमा काठमाडाैमा हुने नाडा अटो शोलाई लक्षित गरेर सार्वजनिक गर्ने भएकाे छ ।

सोमबार सार्वजनिक हुन लागेकाे फ्रोनक्स गाडीकाे लुक्स आकर्षक रहेकाे छ । यसकाे डिजाइनले गाडी पारखिहरुकाे मन जित्नेछ । सिजी मोटोकर्पले यसअघि ल्याएका सुजुकीका ब्रेजा, बेलानो र स्वीफ्टले लाेकप्रियता कमाएका थिए ।

सुजुकीकाे नेपालमा ल्याइएकाे अर्काे गाडी ग्राण्ड भिटारा पनि लोकप्रिय गाडीहरुमध्य एक हाे ।