मनकामना हाइड्रोपावरले साउन २८ देखि आइपिओ जारी गर्ने

-



     सफल आवाज    
     श्रावण २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० साउन। मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले यहि साउन २८ गतेदेखिआइपिओ जारी गर्ने भएकाे छ । कंपनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेकाे हाे। आइपिओमा आवेदनकाे समय साउन ३१ गतेसम्म ताेकिएकाे छ ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरकाे जारी पुँजी ८० करोड रहेकाे जनाएकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा गएका र आयोजना प्रभावितलाई यसअघि नै सेयर जारी गरिसकेको छ।

कम्पनीले सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता सेयर बिक्रीका लागि छुट्याएको कंपनीकाे सुचनामा जनाइएकाे छ। उक्त सेयरमा कम्तिमा १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। 

कम्पनीको अनुमानित कुल लागत १ अर्ब ३९ करोड रहेको मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले बताएकाे छ।