साधना र सबैको लघुवित्त वित्तीय संस्था गाभिदै

-



     सफल आवाज    
     भाद्र १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ भदाै । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था गाभिने भएका छन्। यी दुई लघुवित्तले यही भदौ १५ गते, शुक्रबार एक आपसमा मर्ज हुनका लागि सम्झौता भइसकेकाे छ ।

दुबै संस्थाबीच मर्जरका लागि सम्झौताकाे टुङ्गाे बलाेपछी आधारभुत सेयरधनीहरुकाे सेयर रोक्का रहने हुनेछ। साधना लघुवित्त वित्तीय संस्थाका आधारभुत सेयरधनीहरु ७ जना रहेका छन् । सबैको लघुवित्तका आधारभुत सेयरधनीहरु २० जना रहेका छन्।

दुबै पक्षका आधारभुत सेयरधनीहरुको सेयरकाे खरिदबिक्री साधारण सभा सम्पन्न नहुँदासम्म राेक्का गरिने भएकाे छ ।