ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्सबीच सवारी कर्जा प्रवाहसम्बन्धी सहमति पत्रमा हस्ताक्षर

-



     सफल आवाज    
     भाद्र २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० भदाै । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. बीच सवारी कर्जा प्रवाह गर्ने बारेमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ । दुबैबीच ग्राहकलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा उपलव्ध गराउने बारेमा हस्ताक्षर गरिएकाे हाे ।

बैंकले, भि जि इम्पेक्स प्रा.लि. र उसका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप र ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्नु परेमा तीन दिनमा सेवा पाउनेछन् ।

यसका लागि सवारीधनि नेपालीले चाहिने कागजात तथा विवरणहरू बैंकमा पेश गरेपछि ३ दिनमा बैंकले दिन मनासिब मानिएका ग्राहकलाई सवारी साधन कर्जा उपलव्ध गराउने सहमतिमा उल्लेख छ ।

समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभागका प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका हुन्। ग्राहकको सुविधालाई ध्यान दिदै बैंकले यस्ताे याेजना ल्याएकाे जनाइएकाे छ । याे सेवा लिन चाहने ग्राहकहरू लाभान्वित हुने अपेक्षा गरिएकाे छ ।