
काठमाडौं, ११ मंसिर । भारतीय ट्याक्सी निर्माता कम्पनी ओलाले सन् २०२१ को सुरुआतसंगै नेदरल्याण्डमा आधारित इलेक्ट्रिक स्कुटर कम्पनी इटरगो बीभीको अधिग्रहणसंगै इटरगो बीभी स्कुटरको शिघ्र बजारीकरणको घोषणा गरेको छ । साथै नेपालमा इटरगोको वजार व्यवस्थापन गर्न तम्सिएको छ ।
योसंगै ओलाले विश्वव्यापी इलेक्ट्रिक दुई पांग्रे स्कुटर इटरगो वजारमा आउने बताएको छ । कम्पनीको विश्वव्यापी घोषणासंगै नेपालमा सन २०२१ मा आफ्नो ग्लोबल इलेक्ट्रिक दुई पांग्रे स्कुटर बिक्री गर्ने लक्ष्य राखेको छ ।
नेदरल्याण्डमा आधारित ई स्कुटर कम्पनी इटरगो सन २०१४ मा स्थापना भएको हो । कम्पनी यसको एप्पस्कुटरको लागि प्रख्यात रहेको छ । कम्पनीले सीईएस २०१९ मा जर्मनीमा अटोमोटिभ ब्राण्ड कन्टेष्टमा थुप्रै पुरस्कार जित्न सफल भएको थियो ।
इटरगो स्कुटर पहिलो पटक सन २०१८ मा देखा परेको हो । यसमा उच्च उर्जा घनत्वको ब्याट्री प्रयोग हुने भएकोले एक पटक चार्ज गरिएको ब्याट्रीले २४० किलोमिटर बढीको यात्रा गर्न सक्ने दावि गरिएको छ ।
ओला कम्पनीका संस्थापक तथा अध्यक्ष भविश अग्रवालले गतिशिलताको भविष्य बिजुली भएको बताउँदै विश्वब्यापी विद्युतीय गतिशिलतालाई अपनाउने प्रक्रियालाई छिटो ल्याउने अवसर कोभिड १९ ले मिलेको बताएका छन् । प्रत्येक वर्ष कारको तुलनामा दुई पाङ्ग्रे सवारी साधनको संख्या दोब्बर बिक्री हुने गरेको उनले बताएका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




