आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला

-



     सफल आवाज    
     असाेज २२ गते २०८० मा प्रकाशित



काठमाडाैं, २२ असाेज । आजदेखि देशभर सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गरिएकाे छ । सरकारकाे पहलपछि दशैंका लागि आज असोज २२ गतेदेखि देशभर सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गरिएकाे हाे ।

यातायात मन्त्री प्रकाश ज्वाला तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघबीच सहमति भएपछि आजदेखि टिकट बुकिङ खुल्ला गरिएकाे हाे । टिकट बुकिङ खुलेपछि काठमाडाैंबाट बाहिरिने यात्रुहरू टिकट बुकिङका लागि काउन्टर धाउन थालेका छन्।

बडादशैंकाे अवसरमा यसपटक काठमाडाैंबाट २० लाखकाे हाराहारीमा मानिसहरू बाहिरिने आकलन गरिएकाे नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

टिकट काट्नका लागि नयाँ बसपार्क जानैपर्ने भएकाे छ । यस पटक काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट लामो दूरीमा चल्ने यातायातका साधनकाे टिकट काट्न पाउने निर्णय गरेपछि नयाँ बसपार्क जानुपर्ने भएकाे हाे ।

यातायात व्यवसायीले भाडा वृद्धिकाे माग गर्दै दशैं निजिकिएकाे बेला अग्रिम टिकट बुकिङ खाेलेका थिएनन्। तत्काल यात्रुकाे यात्रालाइ हेर्नुपर्ने मुख्य कुरा भएकाेले सरकारसँगकाे छलफलमा व्यवसायी टिकट काउन्टर खाेल्न सहमत भएका हुन् ।