
काठमाडौं, ५ पुस । कालीगण्डकी करिडोर अन्तरगतको बेनी-जोमसोम-कोरला सडक आयोजनाले ५ वटा निर्माण कम्पनीकाे ठेक्का तोड्ने भएको छ। उक्त सडकखण्ड निर्माणको गति अत्यन्त ढिला भएकाे र ताेकिएकाे समयमा निर्माण कार्य नगरेकाेले ठेक्का तोड्न लागिएकाे हाे ।
आयोजनाले आज बिहीबार सूचना जारी गरी बेनी-जोमसोम-कोरला खण्डमा काम गरिरहेका ५ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनाएकाे छ। आयोजनाले पप्पुसहित ५ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भनी ७ दिनको समयसीमा तोकेर स्पष्टीकरण मागेको छ।
आयोजनाका अनुसार पप्पु कन्स्ट्रक्सन, गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी, तामाङ गौरी-कोशी एण्ड न्यौपाने, हिमदुङ एण्ड थोकर र इमोर्टल कन्स्ट्रक्सनले समयमा निर्माण कार्य गर्न नसकेकाे हुदा यि निर्माण कम्पनीहरूकाे ठेक्का ताेड्ने प्रकिया अघि बढेकाे हाे ।

आयोजनाले यसअघि पटक पटक लिखित तथा मौखिक रुपमा ताकेता गर्दा समेत निर्माण कम्पनीहरुले बेवास्ता गर्दै आइरहेकाे बताएकाे छ। यी कम्पनीहरुले पटक-पटक म्याद थप गर्दा पनि तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेपछि आयोजनाले ठेक्का तोड्ने र कालोसूचीमा राख्ने तयारी गरेकाे बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले बताएकाे छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




