ग्लोबल आइएमई लघुवित्तको कर्जा सुरक्षण सम्झौता

-



     सफल आवाज    
     मंसिर १८ गते २०८१ मा प्रकाशित



पाेखरा, १८ मंसिर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रममा प्रदान गरिने कर्जा सुरक्षण गर्ने/गराउने सम्झौता भएको छ ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुरमा आज भएको एक कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुको मृत्यू भएमा वा व्यवसाय विफल भएमा समेत कोषबाट सुविधा लिन सकिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताएका छन।

कार्यक्रममा कोषका प्रबन्धकहरु तथा वित्तीय संस्थाका विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो । वित्तीय संस्थाले सातै प्रदेशमा १२१ वटा शाखा कार्यालयहरु मार्फत करीब १,५१,००० सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ । हाल वित्तीय संस्थाको ६० हजारभन्दा बढी ऋणी सदस्य र करीब ९ अर्ब ३३ करोड कर्जा लगानीमा भइरहेको जनाइएको छ ।