
काठमाण्डौं, २८ पुष । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज षौष २८ गते आइतबार हरिहर भवन, ललितपुरमा संस्थाको संचालक समिति अध्यक्ष युवराज भण्डारीको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।
संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले पेश गरेको आ.ब. २०८०/८१ को वार्षिक प्रतिवेदन उक्त सभाले परित गरेको छ । हाल संस्थाको कूल निक्षेप रु.८ अर्व ३५ करोड र कर्जा रु.५ अर्व ८४ करोड रहेको बताइएको छ .
यस संस्थाले हाल Chip Based Debit Card, SMS Alert, E-Banking, ECC, Mobile Banking, Safe Deposit Locker, Top up facilities, विप्रेषण (Remittance) सेवा, DP, C-ASBA, QR Teller लगायतका सेवाहरु प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा रु. ५ लाख सम्मको निक्षेप वीमाको समेतको व्यवस्था गरेको छ ।
राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ भने कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




