
काठमाडौं, ७ माघ । भारतकोराजधानी नयाँदिल्लीमा नाडा अटोमाेबाइल्स एशोसिएशन अफ नेपाल (NADA) अटाेमाेटिभ स्किल डेभलपमेण्ट काउन्सिल (ASDC र अटाेमाेटिभ कम्पाेनेन्ट म्यानुफयाक्चर्स एशोसिएशन (ACMA) बिच त्रिपक्षिय चार बुंँदे संझौता सम्पन्न भएको छ ।
साे संझौतामा एनएडिएकातर्फबाट अध्यक्ष करण चौधरी, एयसडिसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसिएमएको तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका छन्।
सो संझौतामा भएका कुराहरु
१. यस सम्झौताले एएसडीसी, एनएडिए र एसीएमएबीच सहकार्यात्मक साझेदारीकोखाका तय गरेको छ । जसले
नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिंग र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटाेमाेबाइल
क्षेत्रमा सलंग्न प्रशिक्षकहरू, मूल्यांकनकर्ताहरू र नाडा व्यवसायीहरुलाई तालिम सञ्चालन गर्नेछ ।
२. अटोमाेिटभ उद्योग, जसलेयसको व्यापक अगाडि र पछाडिको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको
एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्दछ। यसको विकासलाई टेवा पु¥याउन, गुणस्तर र तालिम क्षमताहरूको
दायरालाई सम्बोधन र यसको बृद्धिका लागि गुणस्तरिय तालिम क्षमताहरु उपलब्ध गराउनेछ ।
३. तीनै पक्षहरूले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न शीप
विकाशका तालिमकर्ताहरु र मल्ूयांकनकर्ताहरूकोविकास गरिनेछ । र
४. भारतको अटाेमाेटिभ क्षेत्रको लागि शीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी, र
मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेकाे एएसडीसीले एसीएमएसंग मिलेर नेपाली अटाेमाेटिभ क्षेत्रलाई
फाइदा पु¥याउनेकार्य गर्नेछन् भनिएको छ ।

यो ऐतिहासिक त्रिपक्षिय सझौता नेपाल र भारतविचमा खासगरी नेपालको अटोमोवाइल क्षेत्रको शीप विकासको लागि कोशेढुङ्गा सावित हुने गहिरो विश्वास एनएडिएले लिएकोछ ।
जनवरी १७ देखि २१ सम्म भारतको नयाँदिल्लीमा आयोजना भएकाे भारत मोविलिटी अन्तर्गत भईरहेको अटो प्रदर्शनीको सन्दभमा एनएडिएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडिए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ ।
हस्ताक्षर समारोहमा एयसडिसीका अध्यक्ष एफ.आर. सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी एसिएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता समेतको उपस्थिति रहेको थियो । एनएडिएकातर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती समतेको उपस्थिति रहेको थियो ।










नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




