
पोखरा, १९ पुस । गण्डकी प्रदेश मासु, दूध र अण्डामा आत्मनिर्भर भए पनि बजार व्यवस्थापन मुख्य चुनौती भएको कृषकहरुले गुनासो गरेका छन् ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश, पोखराले आइतबार आयोजना गरेको मासु, अण्डा तथा मत्स्य व्यवसायीहरुसँग गरेको अन्तक्र्रियामा बोल्ने कृषकले सो गुनासो गरेका हुन् ।
पछिल्लो समय मानिसहरु कृषि क्षेत्रमा आकर्षित भए पनि बिचाैलीया हावी हुँदा उचित मूल्य पाउन नसकेको कृषकले गुनासो गरे । उनीहरुले विदेशबाट मासु, दूध र अण्डा आयात रोकिनुपर्नेमा जोड दिए । साथै सरकारी अनुदानको पारदर्शिता हुनुपर्ने, रैथाने बस्तुको उत्पादनमा ध्यान दिनुपर्ने, जंगलको उपभोग गर्न पाउनुपर्ने उनीहरुले बताए ।
प्रदेश भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले प्रदेश सरकारसहित तीनै तहको सरकारले उत्पादनमा जोड दिएकाले मासु, अण्डा र दूधमा प्रदेश आत्मनिर्भर हुन सफल भएको बताए।
गण्डकी प्रदेश सरकारले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७७ जारी गरेपछि आगामी दिनमा कृषकका लागि कस्तो नीति बनाउनुपर्छ भन्ने सवालमा कृषकहरुले सो सुझाव दिएका थिए ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका डा. गृष्म न्यौपानेले गण्डकी राष्ट्रिय मापदण्डअनुसार मासु, दूध र अण्डामा आत्मनिर्भर बनेको बताए ।
एसियन मापदण्डअनुसार अझै प्रदेश आत्मनिर्भर बनिसकेको छैन। हामी एसियन मापदण्डको नजिक छौं,’ उनले भने, ‘अब थोरैले मात्र एसियन मापदण्डभन्दा तल छौं, त्यो मापदण्ड पनि चाँडै भेट्टाउँछौं।’
नेपालको राष्ट्रिय मादपण्डअनुसार दूधमा आत्मनिर्भर हुन प्रतिव्यक्ति वर्षिक ९१ लिटर उत्पादन हुनुपर्छ। तर गण्डकी प्रदेशमा प्रतिव्यक्ति वार्षिक एक सय एक लिटर दूध पुग्नेगरी उत्पादन हुने गरेको छ। प्रदेशमा वार्षिक २८ करोड लिटर दूध उत्पादन हुने गरेको जनाइएको छ ।
अण्डामा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्ड अनुसार प्रतिव्यक्ति वार्षिक ४८ अण्डा पुग्नेगरी उत्पादन हुनुपर्छ। तर प्रदेशमा हाल प्रतिव्यक्ति ५१ वटा अण्डा पुग्नेगरी उत्पादन हुने गरेको छ। प्रदेशमा वार्षिक ११ करोड ९० लाख अण्डा उत्पादन हुने गरेको छ ।
मासुमा आत्मनिर्भर हुन राष्ट्रिय मापदण्डअनुसार वार्षिक १२.१४ केजी उत्पादन हुनुपर्छ। तर गण्डकी प्रदेशमा वार्षिक १४ केजीभन्दा बढी पुग्नेगरी उत्पादन हुने गरेको छ। वार्षिक चार करोड केजी मासु उत्पादन हुने गर्छ। निर्देशनालयले अब चाँडै माछामा पनि गण्डकी प्रदेश आत्मनिर्भर हुने जनाएको छ। माछाको उत्पादन हरेक वर्ष बढ्दै गएको छ ।
निर्देशनालयका निर्देशक डा. मनबहादुर पुनले सन् २०१८/१९ मा वार्षिक ४१ लाख ५० हजार केजी माछा उत्पादन भएको थियो भने गत वर्ष २०१९/२० मा ४३ लाख २० हजार केजी माछा उत्पादन भएको बताए । साथै चाँडै माछाको भुराभुरी उत्पादन गरेर माछा उत्पादक किसानलाई वितरण गर्न सके माछा उत्पादन थप वृद्धि हुने बताए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




