
Oplus_131072
गण्डकी, २२ वैशाख । नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टिमले पोखरामा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आज पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनल खेलमा पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको इरानी टिमले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टिमले उपाधि रक्षा गरेको हो । इरानले तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ ले जित्यो ।
उपाधि विजेता इरानी टिमले ट्रफीसहित रु चार लाख ४४ हजार ४४४ प्राप्त ग¥यो । उपविजेता नेपाल पुलिस क्लबले रु दुई लाख ४४ हजार ४४४ मा चित्त बुझायो । सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ४४ हजार ४४४ हात पा¥यो ।
तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले पहिलो सेट २९–२७ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको आर्मीले चौथो सेटमा २५–२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो ।
विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायतले ट्रफी र पुरस्कार प्रदान गर्नुभएको थियो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रतियोगितामा छ टिमले सहभागिता जनाएका थिए ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




