
काठमाडौं, ३ भदाै । ‘गो फर मोर’ नाराका साथ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १७ औं संस्करणको नाडा अटो शो २०२५ आजदेखि देखि ८ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
नाडा अटो शो २०२५ को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका नाडाले जनाएकाे छ । प्रदर्शनी नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको नाडाले जनाएको छ ।
नाडाले स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने तरखर गरिरहेकाे छ । साेहि क्रममा नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जनाएकाे छ ।
प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारीका ब्रान्ड, ४ वटा दुईपांग्रे सवारीका ब्रान्ड र अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक ३५ कम्पनीहरूको सहभागिता रहने बताइएको छ ।
अटाे शोमा १ सय २५ बढी प्रदर्शक रहने र मुख्य आकर्षणमा युनिट्री रोबोट्स, अत्याधुनिक चारपांग्रे रोबोट र डिपलको ईभीटोल यूएभी (उड्ने सवारी) लगायत रहनेछन् । प्रदर्शनमा मोरिस माइनर, बिटल, मिनी कुपर, टोयोटा आरटी४०, माज्दा फेमिलिया, टोयोटा एमआर२ लगायत ब्रान्डका गाडी राखिनेछ।
अटाे शाे काे अर्काे महत्वपूर्ण पक्ष ‘मेड इन नेपाल’ प्याभिलियन रहेकाे छ । जहाँ स्वदेशमै निर्मित सवारी तथा अटो पाट्र्स देखाइनेछ । अन्तर्राष्ट्रिय व्यापार प्याभिलियनबाट विदेशी सहकार्यकाे प्रवर्द्धन गरिने भएकाे छ । साथै ईभी, स्मार्ट मोबिलिटीका बारेमा छलफल गरिने भएकाे छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




