
काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनका लागि नयाँ मिति ताेकिएकाे छ। उच्च अदालत पाटनले दिएकाे अन्तरिम आदेशपछि स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन अब नयाँ वर्ष २०८३ वैशाख २१ र २२ गते हुने भएकाे छ ।
महासंघको पदाधिकारी बैठकले नयाँ मिति तोकेको जनाएको छ। बैठकको निर्णय अनुमोदन गर्नका लागि वैशाख ९ गते केन्द्रीय समितिको बैठक बोलाइएको महासंघले सूचना मार्फत जानकारी गराएकाे छ।
यसअघि महासंघको साधारण सभा तथा निर्वाचन चैत २९ र ३० गते हुने भनिएकाेमा उच्च अदालत पाटनको आदेशले रोकिएको थियो। बस्तुगततर्फको सदस्य पेट्रोलियम ढुवानी महासंघको उजुरीपछि अन्तरिम आदेश जारी भएर कार्यक्रम स्थगित भएकाे थियो।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




