
प्रतिकुलतालाई अनुकुलतामा बदल्ने अठोटसहित सुरु गरिएको अनलाइन न्युजपोर्टल सफल आवाज डटकम (www.safalawaj.com) आजबाट सातौंं वर्षमा प्रवेश गरेको छ । यो गौरवको क्षणमा हाम्रो यात्राको निरन्तर सहयात्री बन्नुहुने आदरणीय पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुकज्यूहरू, नियमन निकाय तथा कर्मचारी साथीहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं । यहाँहरुको साथ, सहयोगबिना हाम्रो यात्रा सम्भव थिएन, तसर्थ सम्पूर्ण श्रेय यहाँहरुलाई सुम्पन्छौं ।
आजको प्रविधि युगको आवश्यता अनुसार नै संसारभरका परम्परागत मिडियाले समेत डिजिटल माध्यमलाई नै आधार बनाएका छन् । हामीले ७ वर्षअघि नै डिजिटल बाटो समात्नु उपयुक्त थियो भन्ने फेरि पनि पुष्टि भएको छ भन्ने हामी ठान्छौं । अबको समय सूचना तथा समाचारको भरपर्दाे माध्यम अनलाइन न्युजपोर्टलहरु नै हुन् भन्नेमा अब कुनै द्विविधा रहेन ।
तर पत्रकारिताको आधारभूत सिद्धान्त जुन तथ्यपरक, सन्तुलित र विश्वसनीयता हुन्, तिनमा भने कहिल्यै फेरबदल आउँदैन र आउनु हुँदैन भन्नेमा हामी अडिग छौं । सधैं अडिग रहन्छौं । प्रविधिले ल्याएको परिवर्तनसँगै संसारभर नै पत्रकारिताको साखमा गिरावट पनि आएको हामीले मनन् गरेका छौं । त्यसैले भाइरल हुने वा भ्युजको दौडमा न्युज बिर्सने गल्ती गर्नु हुँदैन भन्नेमा हामी सदा सचेत छौं ।
हाम्रो अनलाइन न्युजपोर्टलमा अर्थ, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका सूचना तथा समाचारले प्राथमिकता पाइरहेका छन् । हामी केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइनौं, समाजका आर्थिक, शैक्षिक र सामाजिक रूपान्तरणका संवाहक पनि हौं भन्ने तथ्यलाई हाम्रो ७ वर्षे इतिहासले प्रमाणित गरिसकेको छ ।
प्रविधिसँगै हाम्रा सामग्रीको परिमार्जन र गहनतामा जुन विशेष जोड समयले मागेको छ, त्यसमा खरो उत्रन हाम्रो सफल ७ वर्षे यात्राले थप प्रेरित गरेको छ । आगामी दिनमा पनि आफ्ना जिम्मेवारी र व्यावसायिक कर्तव्यमा किञ्चित बिचलित नहुने प्रतिबद्धतासहित यहाँहरुको निरन्तर सुझाव,सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद।
दुर्गाप्रसाद हुमागाईं
प्रकाशक तथा प्रधान सम्पादक








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




