
काठमाडौं, ३ भदाै। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रा.लि.ले नाइमा मोबिलिटी एक्सपोका क्रममा ४४ वटा ‘म्याक्सस ई-टेरेन’ (Maxus eTerran) विद्युतीय पिकअप ट्रक बुकिङ भएको जनाएको छ। कम्पनीका अनुसार बुकिङ भएका कुल पिकअपमध्ये ३६ वटा ‘कम्फर्ट भर्सन’ र ८ वटा ‘प्रिमियम भर्सन’ रहेका छन्।
तीन हप्ताअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरिएको म्याक्सस ई-टेरेनको कम्फर्ट भर्सनको बजार मूल्य रु. ८८ लाख र प्रिमियम भर्सनको मूल्य रु. १ करोड २८ लाख निर्धारण गरिएको थियो। एक्सपो अवधिभर कम्पनीले कम्फर्ट भर्सनमा रु. २ लाख र प्रिमियम भर्सनमा रु. ५ लाख छुटको व्यवस्था गरेको थियो।
नाइमा एक्सपो सकिए पनि ग्राहकहरूको अत्यधिक माग र अनुरोधलाई मध्यनजर गर्दै कम्पनीले यो विशेष छुट सुविधा यही भदौ १५ गतेसम्मका लागि यथावत राख्ने निर्णय गरेको छ। छुट सुविधासहित गाडी बुकिङ गर्न इच्छुक ग्राहकले काठमाडौँको हात्तीसारस्थित म्याक्ससको शोरुममा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ।
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नाराका साथ बिक्री-वितरण थालिएको यो पिकअप छोटो समयमै नेपाली बजारमा लोकप्रिय बनेको छ। विशेषगरी युवा पुस्ता, कच्ची सडकमा निरन्तर यात्रा गर्ने र क्याम्पिङमा रुचि राख्नेहरूका बीच यो सवारी साधनको आकर्षण उच्च छ।
आक्रामक (Aggressive) लुक्स, आधुनिक कारसरहका फिचर, उच्च ग्राउन्ड क्लिरेन्स तथा निजी र व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त भएकाले यसले द्रुत गतिमा बजार लिइरहेको छ। उच्च ग्राउन्ड क्लिरेन्सकै कारण कन्स्ट्रक्सन तथा हाइड्रोपावर क्षेत्रका व्यवसायीहरूका लागि यो पिकअप निकै उपयोगी र किफायती हुने दाबी गरिएको छ।
चीनको प्रतिष्ठित सवारी निर्माता कम्पनी SAIC अन्तर्गतको Maxus ब्रान्डद्वारा उत्पादित भएकाले पनि नेपाली ग्राहकले यसप्रति उच्च विश्वास देखाएका हुन्। साथै, आयातकर्ता हिमालय मोटोरोक्सले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) तथा सहज स्पेयर पार्ट्स उपलब्ध गराउने प्रतिबद्धता जनाएकाले गाडीप्रति ग्राहकको आकर्षण अझ बढेको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




