
काठमाडौं, ३ भदाै। नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल (NADA) को आयोजनामा आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा बहुचर्चित ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण आयोजना हुने भएको छ। ६ दिनसम्म सञ्चालन हुने यस प्रख्यात प्रदर्शनीको मुख्य प्रायोजक (Title Sponsor) एचपी लुब्रिकेन्ट्स रहेको छ।
नाड स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस पटकको संस्करणलाई ‘स्वर्ण उत्सव संस्करण’ (Golden Jubilee Edition) को रूपमा भव्य रूपमा मनाउन लागिएको छ। नेपालको गतिशीलता (Mobility) र अटोमोबाइल क्षेत्रको समग्र आर्थिक, सामाजिक र व्यावसायिक परिदृश्यलाई प्रस्तुत गर्ने यस मेलामा २ लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ।
प्रदर्शनीमा २ सयभन्दा बढी साना तथा ठूला स्टलहरू रहनेछन्। करिब ३ लाख वर्गफुट क्षेत्रफलमा फैलिने यस मेलामा २३ वटा ब्रान्डका प्यासेन्जर कार (PCV), १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल (LCV), १३ वटा ब्रान्डका दुई पाङ्ग्रे, १० वटा वित्तीय तथा बिमा संस्था र ७० वटा अटो कम्पोनेन्ट्स, पार्ट्स, टायर, लुब्रिकेन्ट्स एवं ग्यारेज उपकरणका स्टलहरू समावेश हुनेछन्। नेपालमै एसेम्बल हुने सवारी साधन, लुब्रिकेन्ट्स, ब्याट्री र हेल्मेटलाई पनि प्राथमिकताका साथ प्रदर्शन गरिनेछ।
मुख्य आकर्षणहरू:
- G1 ह्युमनोइड र Go2 क्वाड्रुपेड रोबोट: भविष्यको यातायात प्रविधिको प्रत्यक्ष अनुभव।
- Made in Nepal / Made for Nepal Pavilion: स्वदेशमै उत्पादित सवारी, पार्टपुर्जा तथा कम्पोनेन्टहरूको विशेष प्रवर्द्धन।
- नयाँ मोडलहरूको लन्च: विभिन्न प्रतिष्ठित ब्रान्डका नयाँ सवारी साधनहरूको सार्वजनिक।
- सिम्पोजियम्स: स्मार्ट मोबिलिटी, दिगो विकास र कनेक्टिभिटीका विषयमा केन्द्रित छलफल।
प्रायोजक तथा सहयोगी संस्थाहरू:
- सह-प्रायोजक तथा बिमा साझेदार: शिखर इन्स्योरेन्स कम्पनी लि.
- इभेन्ट व्यवस्थापन: ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (GEMS)
- अन्य साझेदारहरू: क्याम्पा (बेभरेज), जीआई चार्जर (चार्जिङ), द प्लाजा (हस्पिटालिटी), खल्टी (टिकटिङ), याङ्गो (मोबिलिटी), वर्ल्डलिङ्क (कनेक्टिभिटी), हिकभिजन (सीसीटीभी), हिट्को (फायर सेफ्टी), अल्का अस्पताल (हेल्थ) र द बेकरी क्याफे (फूड)।
सुविधा तथा सुरक्षा व्यवस्था:
प्रदर्शनीलाई सहज बनाउन दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटो कम्पोनेन्ट्स र वित्तीय संस्थाका लागि छुट्टाछुट्टै जोनिङ गरिएको छ। खल्टी एपमार्फत टिकटको अग्रिम बुकिङ गर्दा निश्चित अवधिसम्म ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ।
साथै, ट्राफिक सूचना डेस्क, नेपाल पुलिस क्लब (ब्लु प्याभिलियन) र नेसनल ट्रेडिङ परिसरमा पार्किङ, ह्लिचियर मैत्री वातावरण, आपत्कालीन स्वास्थ्य टोली र अग्नि नियन्त्रणको पूर्ण व्यवस्था मिलाइएको छ।
नाडाले सम्पूर्ण अटोमोबाइल प्रेमी, उद्योगी-व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई यस ऐतिहासिक स्वर्ण उत्सव संस्करणमा सहभागी भई नेपालको मोबिलिटी क्षेत्रको भविष्य अवलोकन गर्न हार्दिक निमन्त्रणा गरेको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




