
काठमाडौं, १० भदाै। नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नाडा अटो शो २०२६ को अवसर पारेर बहुप्रतिक्षित शक्तिशाली स्कुटर ‘अप्रिलिया एसआर १७५’ नेपाली बजारमा भित्र्याएको छ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमार्फत कम्पनीले यस स्कुटरको बिक्री–वितरण तथा बुकिङ खुला गरेको हो।
डेल्टा अटोकर्पले नयाँ एसआर १७५ को मूल्य रु ४ लाख ५६ हजार ५०० तोकेको छ। नाडा अटो शोको अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले रु २८ हजार नगद छुटको विशेष योजना समेत सार्वजनिक गरेको छ।
अप्रिलिया इन्डियाले चर्चित एसआर १६० को विकल्पका रूपमा ल्याएको यो मोडल अब नेपाली सडकमा पनि गुड्ने भएको छ। एग्रेसिभ रेसिङ स्पोर्ट कलर लाइन र नयाँ डेकल्ससहित सिग्नेचर ‘रेसिङ डीएनए’ डिजाइनमा उपलब्ध यो स्कुटरले स्पोर्टी राइड मन पराउने नेपाली युवाहरूमाझ बलियो उपस्थिति बनाउने अपेक्षा गरिएको छ।
प्रमुख विशेषताहरू:
- इन्जिन तथा पर्फर्मेन्स: १७४.७ सीसी, सिंगल सिलिन्डर, बीएस–६ इन्जिन; जसले ७,२०० आरपीएममा १३.८ ब्रेकहर्स पावर र ६,००० आरपीएममा १४.१४ एनएम पिक टर्क उत्पादन गर्छ।
- डिजिटल डिस्प्ले: प्रिमियम मोटरसाइकल ‘टुनो ४५७’ मा रहेको ५.५ इन्चको कलरफुल टीएफटी डिस्प्ले पहिलोपटक समावेश।
- कनेक्टिभिटी: अप्रिलिया एपसहितको ब्लूटुथ कनेक्टिभिटी सिस्टम।
- लाइटिङ र ह्वील: फुल एलईडी लाइट सेटअप, १४ इन्चको ठूलो अलोय ह्वील र ट्युबलेस टायर।
- सुरक्षा र सस्पेन्सन: अगाडि डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक सस्पेन्सन सेटअप।
नाडा अटो शोस्थित अप्रिलियाको स्टलमा पुगेर ग्राहकले नयाँ ‘एसआर १७५’ को प्रत्यक्ष अवलोकन तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




