
काठमाडाैं, १० भदाै । आज विहान रसुवाको भोटेकोशी नदीमाआएको आकस्मिक भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेँसी, त्रिशुली लगायत क्षेत्रमा भएको जनधन तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गरेकाे छ।
बाढीबाट प्रभावित सम्पूर्ण नागरिक, व्यवसायी, श्रमिक तथा सुरक्षाकर्मीप्रति नाडा हार्दिक सहानुभूति व्यक्त गर्दै बेपत्ता तथा प्रभावित व्यक्तिहरूको तत्काल खोज, उद्धार र सुरक्षित स्थानान्तरणलाई सरकारले पहिलो प्राथमिकतामा राखी काम गरेको प्रति सरकारको प्रशंसा गर्दै याे विपदको समयमा नाडा पनि सरकार र नागरिकको साथमै रहेको जनाएकाे छ।
रसुवा–केरुङ नाका नेपालको उत्तरी व्यापारिक तथा अटोमोबाइल आपूर्ति शृंखलाका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो। नाडामा आबद्ध सदस्य तथा अटोमोवाइल व्यवसायीहरुका सामान तथा सवारीसाधनहरु पनि भन्सारमा रहको यकिन तथ्यांक आइसकेको छैन । तर, त्यहाँ ठूलो क्षती पुर्याएको अवस्था छ । यस विपदको घडीमा सबै ब्यवसायी साथहरुको साथमा नाडा रहेको छ- बिज्ञप्तिमा भनिएकाे छ ।
यस क्षेत्रमा रहेका सडक, पुल, भन्सार, व्यापारिक संरचना तथा अन्य पूर्वाधारमा क्षति पुग्दा त्यसको प्रत्यक्ष प्रभाव सवारीसाधन आयात तथा समग्र आपूर्ति व्यवस्थामा पर्न सक्ने भएकाले नाडा घटनाको विस्तृत क्षति मूल्यांकन तत्काल गर्न सरकारसँग आग्रह गरेकाे छ।
यसैगरी, बाढीका कारण सवारीसाधन, अटोमोबाइल व्यवसाय, भन्सार क्षेत्र तथा अन्य व्यापारिक सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडाले सरकारसँग अनुरोध गरेकाे छ। क्षतिग्रस्त सवारीसाधनको पहिचान, मूल्यांकन, बीमा दाबी तथा भन्सारसम्बन्धी प्रक्रियालाई विपद्को विशेष परिस्थितिलाई ध्यानमा राखी सरल र छिटो बनाइनुपर्ने नाडाको धारणा छ।
नाडा विपद्को यस कठिन घडीमा सरकार, सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताइएकाे छ।
प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन निजी क्षेत्रसँग आफ्नो तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्न नाडा तयार रहेको बताएकाे छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




