ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र १७ गते २०८३ मा प्रकाशित



काठमाडौं, १७ भदाै। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ।

बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको कुल १० प्रतिशत (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश (करसहित) र ४ प्रतिशत बोनस सेयर रहेको बैंकले जनाएको छ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरूमा वितरण गरिनेछ।

नेपालको वाणिज्य बैंकहरूमा अग्रणी स्थानमा रहेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको खुद नाफा र सञ्चित मुनाफाका आधारमा आफ्ना सेयरधनीहरूलाई यो प्रतिफल दिने निर्णय गरेको हो।

बैंकको सञ्चालक समितिले पारित गरेको यो लाभांश राष्ट्र बैंकबाट स्वीकृति पाएलगत्तै बस्ने साधारणसभाले अन्तिम अनुमोदन गर्नेछ।