
काठममाडाैं, ४ असाेज । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो २ महिना (साउन र भदौ) मा नेपालमा ११ अर्ब १२ करोड ४४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
उद्योग विभागले सार्वजनिक गरेको भदौ महिनाको मासिक प्रतिवेदन अनुसार कुल ३२८ वटा उद्योगमार्फत उक्त लगानी प्रस्ताव आएको हो। प्रस्तावित यी उद्योगहरू सञ्चालनमा आउँदा ३ हजार ४४७ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ।
स्वचालित मार्ग (Automated Route) तर्फ उत्साहजनक आकर्षण : गत आर्थिक वर्षको तुलनामा यस वर्ष विदेशी लगानीकर्ताहरूको आकर्षण स्वचालित मार्गतर्फ उल्लेख्य देखिएको छ। कुल ३२८ उद्योगमध्ये ३२२ वटा उद्योग स्वचालित मार्गबाट स्वीकृत भएका छन्, जसबाट ९ अर्ब ७४ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। बाँकी ६ वटा उद्योग परम्परागत स्वीकृत मार्गबाट आएका हुन्, जसको लगानी प्रतिबद्धता १ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ छ।
क्षेत्रगत विश्लेषण: रकममा पर्यटन, संख्यामा सूचना प्रविधि अगाडि रकमका आधारमा विदेशी लगानीकर्ताको पहिलो रोजाइ पर्यटन क्षेत्र बनेको छ भने उद्योग दर्ता संख्याका आधारमा सूचना प्रविधि (आईसीटी) क्षेत्रले अग्रता लिएको छ।
- पर्यटन क्षेत्र: कुल प्रतिबद्धताको ३४ प्रतिशत (३ अर्ब ७४ करोड २८ लाख ५० हजार रुपैयाँ) लगानी ७० वटा पर्यटनमूलक उद्योगमा आएको छ।
- सेवा क्षेत्र: दोस्रो स्थानमा रहेको सेवामूलक क्षेत्रका २६ वटा उद्योगका लागि ३ अर्ब ३० करोड ५४ लाख रुपैयाँ (३० प्रतिशत) लगानी प्रतिबद्धता आएको छ।
- ऊर्जा क्षेत्र: १ वटा परियोजनामार्फत २ अर्ब रुपैयाँ (१८ प्रतिशत) लगानी आएको छ।
- उत्पादन क्षेत्र: १८ वटा उद्योगमार्फत १ अर्ब २३ करोड ९२ लाख रुपैयाँ (११ प्रतिशत) प्रतिबद्धता प्राप्त भएको छ।
- कृषि क्षेत्र: १ उद्योगका लागि २ करोड रुपैयाँ प्रतिबद्धता आएको छ।
- सूचना तथा सञ्चार प्रविधि (ICT): संख्याको हिसाबले कुल स्वीकृत उद्योगमध्ये ६५ प्रतिशत अर्थात् २१२ वटा उद्योग आईसीटी क्षेत्रका छन्। यी उद्योगहरूले ८१ करोड ६९ लाख १७ हजार रुपैयाँ (७ प्रतिशत) बराबरको लगानी भित्र्याउने प्रस्ताव गरेका छन्।
भदौ महिनामा मात्रै साढे ६ अर्बको प्रतिबद्धता भदौ महिनामा मात्रै विदेशी लगानीकर्ताहरूले १३६ वटा उद्योगमा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। यी उद्योगहरूबाट ९८३ जनाले रोजगारी पाउने प्रस्ताव छ। भदौमा स्वीकृत भएकामध्ये १३५ वटा उद्योग स्वचालित मार्गबाट र १ वटा उद्योग विभागको स्वीकृत मार्गमार्फत दर्ता भएका छन्।
यसबाहेक दुई महिनाको अवधिमा सेयर खरिद सम्झौता (SPA) तथा सेयर सदस्यता सम्झौता (SSA) मार्फत १२ वटा परियोजनामा थप ८२ करोड ३२ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ, जसमध्ये भदौमा मात्रै ९ वटा सम्झौतामार्फत ५६ करोड ९२ लाख रुपैयाँ स्वीकृत भएको छ। प्रविधि हस्तान्तरण सम्झौता (TTA) तर्फ भदौ महिनासम्म ८ वटा सम्झौता स्वीकृत भएका छन्।
साना उद्योगमा वैदेशिक लगानीको चाप आकारका आधारमा विदेशी लगानीको वर्गीकरण हेर्दा साना उद्योगमै लगानीकर्ताहरूको अत्यधिक आकर्षण देखिएको छ। साउन र भदौमा स्वीकृत कुल ३२८ उद्योगमध्ये ३२३ वटा साना उद्योग रहेका छन्। यस अवधिमा मझौला उद्योग २ वटा र ठूला उद्योग ३ वटा मात्र दर्ता भएका छन्। भदौ महिनामा दर्ता भएका कुल १३६ उद्योगमध्ये १३४ वटा साना र २ वटा ठूला उद्योग रहेका छन् भने मझौला उद्योगको दर्ता शून्य छ।
रोयल्टी र सेवा शुल्कबापत बाहिरियो ठूलो रकम चालू आर्थिक वर्षको दुई महिनामा विदेशी कम्पनीहरूले लाभांश, रोयल्टी र सेवा शुल्कबापत उल्लेख्य रकम फिर्ता लगेका छन्।
- रोयल्टीबापत: ६२ करोड २० लाख १४ हजार नेपाली रुपैयाँ, ७ लाख ९१ हजार ७१७ अमेरिकी डलर र ३९ लाख ७३ हजार ७६६ भारतीय रुपैयाँ बाहिरिएको छ।
- सेवा शुल्कबापत: २ करोड ३१ लाख नेपाली रुपैयाँ, २१ हजार ८३८ अमेरिकी डलर, १ करोड ९९ लाख भारतीय रुपैयाँ र ५७ लाख ३९ हजार अस्ट्रेलियन डलर फिर्ता लगिएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




