पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको बिमान अवतरण

-



     सफल आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित



पोखरा, ७ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान आज बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । यो संगै अब पोखरा बिश्वका विभिन्न मुलुकमा हवाई उडानबाट सिधा जोडिएको छ।

आज बेलुका सवा ७ बजे पोखराबाट यात्रु लिएर फ्लाई दुबईको बिमान दुबई प्रस्थान गरिसकेको छ। तस्बिर सौजन्य : दिपक परियार ।